२०८३ बैशाख १६, बुधबार

धितोपत्र बोर्डबाट दुई विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई विकास बैंकहरूलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई संयुक्तरूपमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो।

नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। यसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट  (private placement)  बिक्री गरिनेछ। यो ऋणपत्रको अवधि १० वर्ष हुनेछ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।

त्यसतै बोर्डले शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन लागेको छ। यसमा ४० करोड रुपैयाँको हिस्सा सार्वजनिक निष्कासनमार्फत र ६० करोड रुपैयाँको हिस्सा निजी तवरबाट बिक्री गरिनेछ। यो ऋणपत्रको अवधि पनि १० वर्षकै हुनेछ र प्रस्तावित वार्षिक ब्याजदर ८ प्रतिशत तोकिएको छ। यसको बिक्री तथा निष्कासन प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेड लाई दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्