२०८३ अशोज १३, मङ्लबार

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६३ कम्पनिका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५  करोड ४८ लाख ७५ हजार ४५ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी आइसिएफ़एसी डिभेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटिजन सुपर ३० म्युचुअल सुपर फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको २२ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १७ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्