२०८३ अशोज २६, सोमवार

हिमालयन लाइफको कार्यबाहक सीईओमा कबि फुयाँल नियक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा कबि फुयाँल नियुक्त भएका छन् । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओमा नियुक्त गरेको हो ।

असोज २६ गतेदेखि लागु हुनेगरी उनलाई कम्पनीले वरिष्ठ नायब कार्यकारी प्रमुखमा नियुक्त गर्यो र सोही दिनदेखि कार्यवाहक सीईओको पनि जिम्मेवारी दिएको हो ।

उनी यस अघि सन नेपाल लाइफको डीसीईओ थिए । सनबाट गत साता राजीनामा दिएर बाहिरिएका फुयाँल हिमालयनमा प्रवेश गरेका हुन् ।

सन नेपालको डीसीईओ बन्नु भन्दा पहिला उनी आईएमई लाइफको सीईओ समेत रहेका थिए ।

हिमालयन लाइफको सीईओमा कपिल कुमार दाहाल रहेका छन् । तर, हाल उनी निलम्बनको अवस्थामा छन् । नेपाल बीमा प्राधिकरणले दाहाललाई निलम्बन गरिदिएको छ । जसको विरुद्धमा दाहाल अदालत गएका थिए । तर, पटक पटक उनको पेशी सर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्