नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) मा अनिल गिरी नियुक्त भएका छन् ।
साेमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई CEO मा नियुक्त गरेकाे हाे। गिरि यस अघि कम्पनीकाे डीसीईओसँगै कार्यबाहक सीईओको भुमिकामा समेत थिए ।
कम्पनीकाे यस अघिका सीईओ मृगेन्द्र रिजाल विरुद्ध सरकारले जेठ २८ गते सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेकाे थियाे । मुद्दा दायर भएसँगै रिजाल निलम्बनमा परेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्