२०८३ कार्तिक १३, बिहिबार

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?

लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले सेयरधनीलाई १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०.२६ प्रतिशतका दरले ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्