कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी विशेष सुविधा लिन विवरण पेस गर्ने समयसीमा थप गरिएको छ ।यसअघि २०८३ असोज मसान्तसम्म तोकिएको समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार सम्बन्धित कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, कम्पनी नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा पनि यो व्यवस्था उपयोग गर्न सक्नेछन् । त्यसका लागि आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र विवरण पेस गरी आवश्यक रकम दाखिला गरेमा सोभन्दा अघिल्लो अवधिमा लागेको वा लाग्न सक्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्ण रूपमा मिनाहा हुने मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्