राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ताले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानकारी दिएका छन् ।
गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।यस्तै, कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् ।
ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्