संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो।
समितिका सभापतिले छलफल गरेर नै खारेज गर्ने निर्णय गरेको बताइन। उनले भनिन,‘कोभिडको बेला पनि धेरै पटक हामी छलफल गर्यौँ,कक्षा-१२ सम्म स्कुल तह भएकाले एसईई नै गराउनु हुन्न,शिक्षा मन्त्रीलाई यो कार्यन्वयन गर्न माग र निर्देशन दिन्छौँ।’
त्यस्तै,समितिले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ।







प्रतिक्रिया लेख्नुहोस्