२०८३ असार ५, शुक्रबार

हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द

बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ ।

हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् । उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ ।

चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्