२०८३ बैशाख २३, बुधबार

आयोगमा बयान दिन जान्छु : पूर्वगृहमन्त्री लेखक

पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ  आयोगमा बयान दिन जाने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्