२०८३ बैशाख १५, मङ्लबार

अष्ट्रेलियामा कोरोना संक्रमणको उच्च जोखिम

अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३ सय ७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।त्यस्तै भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ ।

यहाँ सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ छ । भिक्टोरियामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यस्तै क्वीन्सल्याण्डमा ३३ हजार ३ सय १३ को स्वाब परीक्षणबाट ५ हजार ६ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । तास्मनियामा सोमबार २ हजार ८८ परिक्षणमा गर्दा ७ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्