२०८३ बैशाख १८, शुक्रबार

आउँदो सातादेखि काठमाडौंमा विद्यालयबाट कोरोनाविरुद्धको खोप दिइने

काठमाडौंमा आउँदो सातादेखि विद्यालयबाट कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी गरिएको छ । यसअघि, खोपका लागि प्रयोग हुने सिरिन्ज अभावका कारण रोकिएको फाइजर खोप कार्यक्रम आउँदो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।

काठमाडौंमा मात्रै फाइजर खोप लिने १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या दुई लाख ५० हजार आकलन गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सुरुमा विद्यालयस्तरबाट फाइजर खोप दिइनेछ । यदि, विद्यालयमा सो उमेर समूहका बालबालिका खोप लगाउन छुटेमा स्वास्थ्य संस्थाबाट पनि खोप प्रदान गरिनेछ ।

बालबालिकाले आफूलाई पायकपर्ने स्वास्थ्य संस्थामा गएर खोप लिन सक्नेछन् ।  सोहीअुनसार पालिकाहरूबाट तथ्यांक संकलनको काम भइरहेको र तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्