२०८३ बैशाख १८, शुक्रबार

२ हजार ५ सय २६ जना कोरोना संक्रमित हुँदा १६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६ सय ५५ जनाको पीसीआर परीक्षणमा १ हजार ६ सय २ र ४ हजार ४ सय १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ सय २४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८ हजार ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्