२०८३ बैशाख १८, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै कोरोना भाइरसबाट १ लाख ८० हजार ४५६ जना संक्रमण मुक्त भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ हजार १८८ जनाको मृत्यु भएको छ।

भारतमा अहिले ९ लाख ९४ हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भारतमा अहिलेसम्म १ अरब ७० करोड २१ लाख ७२ हजार ६१५ जनालाई खोप लगाइसकिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्