२०७९ अशोज १०, सोमवार

थप ७४ जना कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

बितेको २४ घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्