२०७९ अशोज ९, आइतवार

महाकवि देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ । हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनमा चित्रकला प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने छ । कात्तिक १९ गतेसम्म चित्रकला पठाउन सकिने आयोजकले बताएका छन् । प्रतियोगीले आयोजकको फेसबुक वा इमेलमार्फत आफ्नो चित्रकला पठाउन सक्नेछन् । आयोजकलाई प्राप्‍त चित्रकलाहरुमध्येबाट उत्कृष्ट चित्रकलालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् । सामाजिक सञ्‍जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

देवकोटाको सम्झनामा चित्रकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्