नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर समाजवादी रोजेका हुन्।
योसँगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ।आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य रति कामी र वडासदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका छन्। यस्तै लम्कीचुहा नगरपालिकाबाट वडाध्यक्ष पूर्ण विष्ट, कार्यपालिका सदस्य भुमीसरा उपाध्याय र भिमा चौधरीले सनाखत गरेका छन्।
भजनी नगरपालिकाका कार्यपालिका सदस्य टिकाराम भण्डारीलेसमेत आज एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। यस्तै गौरीगंगा नगरपालिका–७ का वडाध्यक्ष दलबहादुर कुमालसहित वडासदस्य ताराप्रसाद थापा, सरस्वतीदेवी थारु र ३ नम्बर वडाका वडासदस्य भागीदेवी साउँदले पनि आजै सनाखत गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्