२०८३ जेष्ठ २, शनिबार

पछिल्लो २४ घण्टामा थप १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जना र ३ हजार ९ सय ७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ८९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्