चीनबाट खरिदगरेको बाँकी ४४ लाख कोरोना विरुद्धको खोप आज नेपाल पुग्ने भएको छ , चीनबाट खरिदगरेको कोरोना विरुद्धको भेरोसेल खोपको बाँकी डोज नेपाल एयरलाइन्सको वाइटबडीमार्फत नेपाल पुग्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० लाख डोज भेरोसेल खोप सरकारले चीनसँग खरिद गरेको मध्ये १६ लाख डोज खोप पहिले नै आइसकेको र अब बाँकी ४४ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल पुग्ने छ। अहिलेसम्म नेपालमा १ करोड बढी डोज खोप आएको छ।
हालसम्म सरकारले ५४ लाख ७३ हजार १ सय ५१ जनालाई पूर्ण खोप लगाएको छ। भने ६० लाख ५७ हजार एक सय ९४ जनाले पहिलो मात्राको खोप लगाएर बसेका छन्।







प्रतिक्रिया लेख्नुहोस्