चीनबाट आउन बाँकी रहेको ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाल आइ पुगेको छ । सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख मध्येको आउन बाँकी थप ४४ लाख मात्रा भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको हो ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत् उक्त मात्राको खोप शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुखका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप काठमाडौँ ल्याइएको हो ।







प्रतिक्रिया लेख्नुहोस्