२०८३ असार १९, शुक्रबार

सुदूरपश्चिममा नेकपा एसका दुई सांसद मन्त्री पदमा नियुक्त

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् ।दुवै जनालाई बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राज्यमन्त्री बोहरालाई भने मुख्यमन्त्री भट्टले शपथ गराएको छन् ।नेकपा एमाले विभाजन हुनुअघि तारा लामा तामाङ माधव नेपाल समूहमै थिए । राज्यमन्त्री नियुक्त बोहरा भने सुरुदेखि नै केपी ओली समूहमा थिइन् । नकेपा (एस) गठन हुने बेला अन्तिम समयमा बोहराले पनि एमाले छाडेकी थिइन् ।

त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्