२०८३ बैशाख ३०, बुधबार

कोरोना संक्रमणबाट विश्वभर ४६ लाख ७८ हजारको मृत्यु

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख ७८ हजार ८ सय २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २२ करोड ७६ लाख ११ हजार ९ सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा हालसम्म ६ लाख ७२ हजार ६ सय ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ८९ हजार ५७३ जनाले ज्यान गुमाइसकेका छन् । छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ४४ हजार २ सय ४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ७० हजार ५ सय ३८, पेरुमा १ लाख ९८ हजार ८९१, रुसमा १ लाख ९३ हजार १ सय ११, बेलायतमा १ लाख ३५ हजार ३ सय १४, इटालीमा १ लाख ३० हजार २ सय ३३ र कोलम्बियामा १ लाख २५ हजार ८ सय २६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।।

प्रतिक्रिया लेख्नुहोस्