२०८३ बैशाख २६, शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।शुक्रबार बिहान बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको प्रवक्ताले बताएका छन्।

नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिने बोर्डले जानकारी दिएको छ। तर, अहिले नतिजाको विवरण अपलोड भइनसकेकोले केही समय लाग्ने जनाइएको छ। एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जानकारी दिएको छ।

कोभिड(१९ का कारण कक्षा १२ को परीक्षा ढिलो गरी ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। त्यसअघि दुई पटक परीक्षा स्थगित गरिएको थियो।यस वर्ष तीन लाख ७५ हजार १५ जनाले परीक्षा दिएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्