एक सातामा प्रदेश नम्बर १ मा दोब्बभन्दा धेरै कोरोनाका संक्रमत थपिएका छन् । पुसको अन्तिम सातामा प्रदेशमा एक हजार तीन सय जनामा कोरोना संक्रमित थपिएका छन् । जिल्लागत रुपमा प्रदेशभर भएका संक्रमितमध्ये पचास प्रतिशत मोरङ जिल्लामा छन् ।
सामाजिक विकास मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकअनुसार भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा अधिक संक्रमित थपिएका छन् । एक साता अवधिमा मोरङमा ६२४ जनामा संक्रमण पुष्टि भएको छ । संख्याका हिसाबले प्रदेश नम्बर १ को राजधानी विराटनगर बढी प्रभावित भएको छ । एक सातामा विराटनगरमा ५४१ ज्ना नयाँ संक्रमित थपिएका छन् ।
मोरङपछि सुनसरी र झापामा धेरै संक्रमित थपिएका छन् । जनघनत्व बढी भएका सहरहरुमा अधिक संक्रमण फैलन थालेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालनमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुखले अधिक जनसंख्या भएका स्थानहरुमा संक्रमित थपिने क्रम बढ्न थालेको जानकारी दिएका छन् । “संक्रमण केही साता अझै धेरै फैलिएर जाने भएकोले स्वास्थ्य सम्बन्धी मापदण्ड पालनमा ध्यान दिनुपर्छ,” उनले भने ।
पछिल्लो समय स्वास्थ्यकर्मीहरुसमेत संक्रमणको चपेटमा परेका छन् । विराटनगर स्थित कोसी कोभिड अस्पतालमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले बताएका छन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासाक सागर प्रसाईका अनुसार विगतमा तीस प्रतिशतसम्म संक्रमण दर रहेकोमा अहिले ५५ प्रतिशतसम्म रहेको जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्