२०८३ बैशाख १८, शुक्रबार

देशभर थपिए ६७ सय ३४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ६७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनामा गरिएको नमुना परीक्षणमा ६७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५ सय ४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा देशभर १ लाख ४३ हजार ३ सय ६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्