२०८३ असार २०, शनिबार

सरकार सञ्चालन समन्वय समितिको बैठक जारी

सत्तारुढ पाँच दलीय गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको हो ।

बैठकमा स्थानीय तहको चुनावको मिति घोषणा गर्नेबारे छलफल भइरहेको बताइएको छ । निर्वाचन आयोगले माघ दोस्रो साताभित्र स्थानीय चुनावको मिति तय गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन हुनुपर्नेमा प्रमुख विपक्षी नेकपा एमालेले पनि दबाब दिएपछि यसबारे निर्णय लिन सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।

गत शुक्रबार सर्वदलीय बैठक बोलाएर आयोगले माघ दोस्रो साताभित्र निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको थियो । छलफलमा प्रमुख प्रतिपक्षी एमालेले आयोगले प्रस्ताव गरेको १४ र २२ वैशाखमै निर्वाचन हुनुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्