२०८३ असार २०, शनिबार

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ ।

आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्