२०८३ असार २१, आइतवार

बाबुराम भट्टराईसँगै वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए ।

‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’ उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर चुनाव लड्न लागेको बताए । यसअघि नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतम भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्