नेपाली कांग्रेसका विचारक नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।
तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शनिबार राति ९ः३० बजे निधन भएको हो । क्यान्सर र निमोनियाबाट उत्पन्न स्वास्थ्य समस्याका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।
गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो । करिब एक वर्षसम्म गरिएको उपचारबाट पनि सन्तोषजनक नतिजा नआएपछि परिवारले उनलाई नेपाल फर्काएको थियो । साउन ८ गते नेपाल आउना साथ क्यान्सरकै कारण उत्पन्न विभिन्न समस्यासँगै निमोनिया समेत देखिएपछि साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो ।








प्रतिक्रिया लेख्नुहोस्