२०८३ असार २१, आइतवार

सिफारिस समितिले क्षेत्राधिकार विस्तार गर्न मिल्दैन: पूर्वप्रधानन्यायाधीशहरू

lgnlDat k|wfgGofofwLz ha/f – a}7sdf Pdfn] pkfWoIf kf]}8]nnufot sf7df8f}F, !^ ebf]} . lgnlDat k|wfgGofofwLz rf]n]G› zDz]/ ha/f laxLaf/ l;+xb/af/df cfof]lht dxfleof]u l;kmfl/; ;ldltsf] a}7sdf ;xefuL x'Fb} g]skf -Pdfn]_ pkfWoIf lji0f' kf]}8]nnufot . tl:a/ M rG›snf If]qL, /f;;

सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिले क्षेत्राधिकारभन्दा बाहिर जान नसक्ने बताएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणाले समितिमा बयान दिने क्रममा पूर्वप्रधानन्यायाधीशहरुलाई समेत मुछेपछि समितिले उनीहरुलाई छलफलका लागि बोलाउँदै पत्र काटेको थियो ।

समितिको सोही पत्रलाई लिएर उनीहरुले महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश जबरा (अभियुक्त)ले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने भन्दै र उनको भनाइको आधारमा महाभियोग सिफारिस समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने बताएका हुन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोही निष्कर्षका साथ महाभियोग सिफारिस समितिलाई आफूहरू समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएर आफ्नो धारणा राखेका हुन् ।

‘सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न सक्ने देखिँदैन’ चारै जनाले संयुक्त पत्र लेख्दै भनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्