२०८३ असार २१, आइतवार

प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

dtkq lznaGbL ub}{ ehgL @! sflQs M s}nfnL If]q g+ ! sf] lgjf{rg clws[tsf] sfof{nodf dtbftf ;ªVofsf] cfwf/df dtbfg s]G›sf nflu ;dfg'kflts tyf k|ToIftkm{sf] dtkqnfO{ lznaGbL ul/Fb} . tl:a/ M emngfy vgfn÷/f;;

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइने छ ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई–दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

प्रतिक्रिया लेख्नुहोस्