२०८० चैत्र १५, बिहिबार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ । निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ सीट जितेको छ । त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ। सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको सिट सात–सात पुगेको छ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एकरएक सिट जितेका छन् । बाँकी ७ जिल्ला मध्ये अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । यी तीन जिल्लाबाहेक सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम पर्सिसम्म आइसक्ने आयोगले जनाएको छ ।

अन्य ४ जिल्लामा केही विवादका कारण निर्वाचन र मतगणनामा ढिलाइ भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्