२०८३ असार १९, शुक्रबार

सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी, के-के चाहिन्छ योग्यता?

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

कोषले आज (शुक्रबार) एक सूचना जारी गर्दै आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो।

प्रबन्धक एक जना, उप प्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने छ ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्