२०८३ असार १९, शुक्रबार

१९ थान आईफोन सहित न्यूरोडबाट युवक पक्राउ

काठमाडौंको न्यूरोडबाट प्रहरीले भन्सार छलेर ल्याएको आईफोन सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय मोहमद शाकिव खान छन् ।

उनको साथबाट भन्सार छलेको १९ थान आईफोन सहित विभिन्न कम्पनीका २९ थान मोबाइल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । काठमाडौं महानगरपालिका–६ ग्राण्डी बस्दै आएका खानले नक्कली नेपाली नागरिकता पनि बनाएको आशंका गरिएको छ । नागरिकता नम्बरको आधारमा त्यसबारे पनि अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

उनलाई भन्सार छलेको मोबाइल बेचविखन गरेको कसुरमा कारबाही गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । त्यसपछि लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइने एसपी आचार्यले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्