पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
शुक्रबार निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।
त्यस्तै, घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।







प्रतिक्रिया लेख्नुहोस्