जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वगृहमन्त्री रमेश लेखक परामर्श गर्दैछन् । उक्त परामर्शका लागि लेखक आज सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् ।
महाराजगञ्ज स्रोतका अनुसार नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन ।
यसअघि नेता लेखकले आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ ।







प्रतिक्रिया लेख्नुहोस्