भदौ १० गते आएको भीषण बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसभित्र खोजी गर्ने क्रममा चार जनाको शव फेला परेको छ।
आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावर हाउसभित्र खोजी गर्ने क्रममा चार वटा शव फेला परेका हुन्। बाढीपछि आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी भइरहेको थियो।
भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि आयोजनाका संरचनाभित्र तथा आसपास हराइरहेका कर्मचारी र कामदारको खोजी जारी थियो।
बुधबार फेला परेका चारवटै शवको पहिचान भने खुल्न बाँकी छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायले शवको सनाखत र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्