छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाउन घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।
अख्तियारका अनुसार उनलाई भदौ ३१ गते पक्राउ गरिएको थियो । विशेष अदालतको आदेशबाट विहिबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्