२०८३ कार्तिक १२, बुधबार

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्बाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका थिए।

जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया लेख्नुहोस्