रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । उनी जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्