२०८३ बैशाख २७, आइतवार

सत्तारूढ नेकपा एसको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बस्दै

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक शनिबार बस्दैछ।आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा पछिल्लो समय देखिएका विभिन्न विषयसहित पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको विषयमा छलफल हुने जानकारी दिइएको छ ।

बैठकमा पार्टीका विभिन्न आयोगले गरेका कामको विषयमा पनि छलफल हुनेछ। संगठन विस्तारदेखि सबै कामको समीक्षा हुने बताइएको छ।दुई दिने केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीले हिजो शुक्रबार स्थायी समिति बैठक राखेर एजेण्डा तय गरेको थियो।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ।

प्रतिक्रिया लेख्नुहोस्