२०८३ जेष्ठ १, शुक्रबार

महाधिवेशनका लागि ओली आज चितवन जादै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी १०औँ महाधिवेशनका लागि चितवनतर्फ प्रस्थान गर्दै छन् । बिहीबार दिउँसो पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली चितवनतर्फ प्रस्थान गर्न लागेका हुन् ।

नेकपा एमाले चितवनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साथै महाधिवेशन केन्द्रित ब्रिफिङका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । यसबारेमा जानकारी दिँदै एमाले कार्यालय सचिवले भने, ‘चितवन जिल्लाले आयोजना गरेको कार्यक्रममा भाग लिन अध्यक्ष ओली आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

भोलिबाट हुने महाधिवेशनका लागि नेता कार्यकर्ताहरुलाई ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेको छ ।’ त्यसैगरी अध्यक्ष ओलीले नेता कार्यकर्ता साथै बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्ने समेत कार्यक्रम रहेको उनले बताए । उनका अनुसार आज रातिसम्म पदाधिकारीहरुको अन्तिम टुंगो लाग्नेछ ।

भोलि (शुक्रबार) बाट हुने एमालेको महाधिवेशनका लागि चितवनको नारायणी किनारमा तयारी तीव्र पारिएको छ । भोलिबाट ३ दिनसम्म चल्ने महाधिवेशनमा लागि २ हजारभन्दा बढी प्रतिनिधि चयन गरिएको छ भने महाधिवेशनमा सहभागी हुनेहरुको लागि खानपान र बसोबासको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्