२०८३ बैशाख २७, आइतवार

गुल्मीमा रोकियो कांग्रेसको मतदान

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान रोकिएको हो ।

शनिबार मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उमेदवार वेदबहादुर थापाले आपत्ति जनाएका थिए । उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका थिए ।

‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट धाँधली गरिएको र त्यसमा मेरो असहमति भएको हुँदा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगन गरी स्वच्छ मतदानको वातावरण गराई निर्वाचन गराउनुहुन अनुरोध छ,’ उनले निर्वाचन समितिलाई बुझाएको पत्रमा भनिएको छ ।

गुल्मीमा सभापतिका लागि संस्थापन पक्षबाट थापा र संस्थापनइतर पक्षबाट खिलध्वज पन्थी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्