२०८३ बैशाख २१, सोमवार

कांग्रेस दाङ सभापतिमा शंकर डाँगी विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दाङ जिल्लाको सभापतिमा शंकर डाँगी विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा दुवै जनाको स्पष्ट मत नआएपछि आइतबार पुनः निर्वाचनको तयारी गरिएको थियो ।

तर सभापतिका अर्का मुख्य प्रतिस्पर्धी भुपबहादुर डाँगीले सभापतिका मुख्य प्रतिस्पर्धी शंकरप्रसाद समर्थन गरेपछि उनी जिल्ला सभापति बनेका हुन ।शनिवार भएको निर्वाचनमा शंकरप्रसाद डाँगीले ७ सय ७६, भुपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सहमति पश्चात् डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्