२०८३ बैशाख २१, सोमवार

महासचिव पदका लागि विष्णु पौडेल र शंकर पोखरेलसहितका नेताहरू ओलीसँग छलफलमा

महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बनाउन अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीलाई सकस भइरहेको छ ।

अहिले पार्क सफारी रिसोर्टमा ओलीसँग विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल छलफलमा छन् । वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन सकेको छैन । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । महासचिवमा पौडेल कि पोखरेल भन्ने अझै टुंगो लागेको छैन ।

वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोख्रेलको नाम अगाडि सारे पनि सुवास नेम्वाङले उपाध्यक्षमा मात्र नबस्ने बताएका छन् ।पहिले पदाधिकारीको टुंगो लगाएर मात्रै केन्द्रीय सदस्यहरू टुंगाउने तयारी भइरहेको बताइएको छ । बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र ५ घण्टा ढिलो हुँदा समेत शुरू हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्