२०८३ बैशाख २१, सोमवार

बिनानिष्कर्ष सकिएको देउवा समूहको बैठक आज बेलुका बस्दै

बालुवाटारमा आज बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षको बैठक बिनानिष्कर्ष सकिएको छ ।

पदाधिकारीको टुंगो लगाउन भनी अनौपचारिकरुपमा बसेको बैठकले पदाधिकारीहरूको टुंगो लगाउन नसकेको हो । एक नेताका अनुसार आजको बैठकमा पदाधिकारीमा दाबी गर्ने नेताहरूले आफ्नो अडान कायमै राखेकाले बिनानिष्कर्ष सकिएको हो ।

कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा नेताहरू लागेकाले बिनानिष्कर्ष सकिएको संस्थापन पक्षको बैठक आज बेलुका फेरि बस्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्