२०८३ असार २१, आइतवार

कांग्रेस नेता गिरिको निधनपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनका कारणआइतबार आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नेपाल भ्युजलाई दिएको जानकारी अनुसार आइतबार बिहान ११ बजे बस्ने तय भएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी भएको हो।

काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्