मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन रहेको बताए । जनकपुरमा आयोजित मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गर्दै विश्व जगत विकासमा फड्को मार्दै गएपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको पनि बताएका हुन् ।
उनले प्रत्येक ८ जनामा एक जना व्यक्ति मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रस्ट्याएको उल्लेख गरे । विकास निर्माणका नाममा प्रकृति बिनाशको क्रम बढ्नु गलत भएको उनले बताए । प्रकृति प्रतिको मानवीय अतिक्रमण नरोके बिनाश निम्तिने र रोक्नु अपरिहार्य भएको समेत उनले बताए । भौतिक विकास मात्रै विकास नभई उनले व्यक्ति सामाजिक हुँदा मात्र पर्यावरण संरक्षणसहितको विकासको मुल लक्ष्य प्राप्त हुने पनि उनले बताए ।
मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने पनि मुख्यमन्त्री राउतको तर्क छ ।







प्रतिक्रिया लेख्नुहोस्