नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आदिवासी जनजाति देशकै मौलिकता र पहिचान भएको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महसंघको स्थापना दिवसका अवसरमा शुक्रवार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराई सबै ठाउँमा छरिएर रहेका आदिवासी जनजाति देशको मौलिकता र पहिचान भएको बताए ।
आदिवासी जनजाति समुदायका व्यक्तिहरूले देशको गौरव राख्ने काम गरेको उनको भनाइ छ । देउवाले नेपाललाई पहिचान सहितको राष्ट्र बनाउन सबैले आफ्नो कला संस्कृति र भेषभुषा जोगाउनुपर्नेमा जोड दिए । उनले देशभर रहेका आदिवासी जनजाति लगायत समुदायलाई कांग्रेसमा आवद्ध गराउन महासंघलाई आग्रह गरे ।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले अहिलेको संविधानमा भएको अधिकार कसैले दिएको नभएकाले कसैले खोसेर लैजान नसक्ने बताए । उनले पार्टीभित्र कार्यदल बनाएर संविधान संशोधनका लागि आवश्यक मत बनाउने उल्लेख गरे । पार्टीको मत निर्माण भएपछि एमालेसंग छलफल गर्ने र दुई दलबीच सहमति भएपछि अन्य दलसंग संविधान संशोधनका बारेमा संम्वाद गर्ने उनले बताए ।
उनले संघमा अहिले २५ वटा मन्त्रालय आवश्यक नरहेको भन्दै ८ मन्त्रालय भए पुग्ने बताए । थापाले प्रदेश सरकार पनि संघ अनुसार नै चलिरहेको भन्दै प्रदेश सञ्चालनको विषयलाई पनि ध्यान दिने बेला आएको जिकिर गरे ।







प्रतिक्रिया लेख्नुहोस्