काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि मेयर शाहले जिम्मेवारी छोड्ने भएका हुन् ।
मेयर बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने, ‘मेयर शाह उम्मेदवार हुने भएपछि उहाँले २ हप्ताभित्र राजीनामा दिने तयारी गर्नुभएको हो । त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि हेरेर एउटा उचित समयमा हुन्छ । त्यो भनेको दुई हप्ता जस्तो नै हो ।’
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्